न्यूज डेस्क | फागुन २३, २०८० बुधबार

नबनियुक्त शिक्षमन्त्री सुमना श्रेष्ठले पदभार ग्रहण गरेकी छन्। शीतल निवासमा शिक्ष मन्त्रीको शपथ लिए लगत्तै बुधबार साँझ सिंहदरबारस्थित शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन्।


आमा मिना देवी श्रेष्ठ र बाबु रमेश प्रसाद श्रेष्ठको सन्तानका रुपमा उनी २०४१ साल असोज १५ गते जन्मिएकी सुमना श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्रीमा सिफारिस भएकी थिइन्। मन्त्री श्रेष्ठले उनले व्यवस्थापनमा स्नातकोत्तर गरेकी छन् । काठमाडौंको क्षेत्रपाटि स्थित सरस्वती बोर्डिङबाट एसएलसी उत्तीर्ण गरे पछि उनले बुढानिलकण्ठ स्कुलमा ए–लेभल पढिन् । त्यसपछि अमेरिकाको ब्रायन मावर कलेज र ह्याभरफोर्ड कलेजबाट अर्थशास्त्र र गणितमा स्नातक गरिन् । त्यसपछि सन् २०११ मा उनले एमआईटी स्लोन स्कूल अफ म्यानेजमेण्टबाट बिजनेस एडमिनिष्ट्रेशनमा स्नातकोत्तर गरेकी हुन् ।



विश्वका विभिन्न कम्पनीहरुमा व्यवस्थापन परामर्शदाताका रुपमा काम गरेकी श्रेष्ठ सामाजिक मुद्दाहरुमा पनि कृयाशील छन् । २०७२ सालको भुकम्पले क्षती पुर्याएका काठमाडौंका सम्पदाहरु काष्ठमण्डप, रानीपोखरी लगायतका सम्पदा पुर्नस्थापना र संरक्षणका मुद्दामा जारी वकालतमा उनी संलग्न थिईन् । 



उनी यस अघि प्रतिनिधि सभा अन्तरगतको शिक्षा समितिको सदस्य छन् । संसद र समितिमा बोल्नु अघि अध्ययन अनुसन्धान गरेर बोल्ने सांसदको छवि बनाएकी श्रेष्ठले संसदको क्यालेण्डर हुनुपर्ने प्रस्ताव राखेकी थिइन् । संसदले हिउँदे अधिवेशन देखि क्यालेण्डर लागू गरिसकेको छ । शिक्षाका विषयमा गहन अध्ययन सहित समितिको बैठकमा प्रस्तुत हुँदै आएकी श्रेष्ठ अब, यस अघि आफूले संसदीय समितिमा उठाएका विषय कार्यान्वयन गर्ने ठाउँमा उनी पुगेकी छन् ।