न्यूज डेस्क | फागुन २४, २०८० बिहिबार

पुर्नगठित मन्त्रिपरिषद बिहीबार बसेको पहिलो बैठकले दुई वटा निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय भएको छ । साथै संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ वुमन को ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई स्वीकृति दिने पनि निर्णय भएकोछ ।