सन्तोष काफ्ले | चैत २, २०८० शुक्रबार

रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा पत्रकारहरुसँग कुष्ठरोग सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। 
द लेप्रोसी मिसन,आइरिस एड र जिल्ला स्वास्थ्य कार्यालय रौतहटको सहयोगमा उक्त अभिमुखीकरण कार्यक्रममा सम्पन्न भएको हो ।  
नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सञ्जय कुमार कार्कीको सभापतित्वमा संचालित उक्त अभिमुखिकारण कार्यक्रम लेप्रोसी मिसन आनन्दवनका प्रतिनिधि डाक्टर प्रकाश पौडेलले सञ्चालन गरेका थिएँ ।  कुष्ठरोगको प्रकार, लक्षण, कारण र उपचार विधि बारे डाक्टर पौडेलले जानकारी गराउँदै हाल नेपालमा उक्त रोगको अवस्थाको बारेमा समेत प्रकाश पारेका थिए।
माइक्रो बेक्रेत्लियम लेप्रे नामक बेक्टेरीयाको संक्रमणबाट लाग्ने उक्त रोग जो कोहीलाई हुन सक्ने र त्यसको लक्षण तत्काल थाहा पाउन कठिन हुने हुँदा संका लागेमा निसंकुच स्वास्थ्य संस्था गएर जचाउनु पर्ने डाक्टर पौडेलले सुझएका छन् ।
रौतहट जिल्लामा कुष्ठरोगको स्थिति बढ्दो क्रममा रहेको एक तथ्यांकले देखाएको छ । सो रोगका बिरुद्ध अस्पतालमा पईने औषधिको पहिलो डोज खाँदा मात्र पनि शरीरमा भएको बेक्टेरीया निष्क्रिय हुने हुँदा औषधिको सेवन नियमित रूपमा गर्दा पूर्णतया रोग निको हुने  डाक्टर पौडेल बताउँछन्।  जिल्लाको स्थानियतहगत तथ्याङ्क हेर्दा गुजरा नगरपालिकामा सबै भन्दा बढी कुष्ठरोगका संक्रमितहरु रहेको पाइएको छ । भने सबैभन्दा कम दुर्गा भगवती गाउँपालिकामा रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ।
पछिल्लो समय उक्त रोग लागेर औषधि नियमित सेवन गर्दै आएकाहरु समूहमा समेत आबद्ध भएर सामुहिक कार्यहरु समेत गर्दै आएका छन् । समुह गठन गर्दै आपसी सतभाव र जनचेतना अभिवृद्धि गर्ने र पहिचान भएका रोगीलाई परामर्स सहित उपचारको व्यवस्था मिलाउन समेत सक्रिय रहेको उक्त समूहहरु ठाउँ ठाउँमा गठन गरिएको सोही समूहका एक सदस्य विनोद खनालले बताए। 
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रौतहटका लेप्रोसि फोकल पर्सन महेश साह, लेप्रोशि समूहमा आबद्ध सदस्यहरू सहित दुई रौतहटका क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो।