प्राइम खबर संबाददाता | बैशाख ५, २०७८ आइतबार
प्रत्येक वर्ष होलीको पूर्वसन्ध्यामा दिइने महामूर्खको उपाधि यस वर्ष ‘मह’ जोडीले पाएका छन् । शनिबार मिथिला नाट्य कला परिषद् (मिनाप)द्वारा जनकपुरधाममा आयोजित महामूर्ख सम्मेलन अन्तर्गत महामूर्खको उपाधि कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह’ को जोडीले पाएको हो । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र मिनापका अध्यक्ष परमेश झाले मह जोडीलाई उपाधि हस्तान्तरण गरेका हुन ।