न्यूज डेस्क | बैशाख १९, २०८१ बुधबार

 कपिलवस्तुमा श्रीमान् श्रीमती मृत अवस्थामा भेटिएका छन् । जिल्लाको वाणगंगा नगरपालिका–८ ढोडेकोलमा ६० वर्षीय टेकराज भुषाल र ५५ वर्षीया जुठी भुषाल मृत अवस्थामा भेटिएका हुन् ।


जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी तथा प्रवक्ता हरिबहादुर ओलीका अनुसार टेकराज घरको भर्‍याङ छेउमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । उनकी श्रीमती भने कोठाभित्र घाउचोट लागेको अवस्थामा मृत फेला परेकी छन् । घटना भएको उक्त घरको ढोका खुलै रहेको प्रहरीले जनाएको छ ।