प्राइम खबर संबाददाता | बैशाख ११, २०७८ शनिबार
नेकपा एमालेले नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका नेतालाई समेटेर स्थायी कमिटी विस्तार गरेको छ ।
शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटी बैठकले १९ सदस्यीय स्थायी कमिटी विस्तार गरेको हो । जुन कमिटीमा माओवादी पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चार नेता परेका छन् । रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणी थापा स्थायी कमिटी सदस्य बनेका छन् । तर, माओवादीबाट एमाले प्रवेश गरेका प्रभु साह भने स्थायी कमिटीमा अटाउन सकेनन् । साह पटक पटक मन्त्री बन्दै आएका छन् ।
एमाले–माओवादी एकतापूर्व साह माओवादीको कार्यालय सदस्य थिए रौतहट क्षेत्र नम्बर तीन बाट माओबादी केन्द्रको उमेद्वार भई संघीय संसद भएका साह एमालेको स्थायी कमिटीमा नअटाएका हुन् । साह वर्तमान सरकारमा नै दुईपटक शहरी बिकासमन्त्री भई कार्य गर्दै आएका छन् ।