न्यूज डेस्क | बैशाख २१, २०८१ शुक्रबार
अबैधरुपमा खोलाबाट बालुवा र गिट्टी उत्खनन गरेर लोडिंग गरिरहेको अवस्थामा सर्लाही प्रहरीले सात वटा टिपर नियन्त्रणमा लिएको छ ।
लालबन्दी नगरपालिका १७ स्थित कालिञ्जोर खोलाबाट अबैधरुपमा गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले सात वटा टिपर नियन्त्रणमा लिएको हो ।
कालिञ्जोर खोलाबाट अवैधरूपमा उत्खनन गरिरहेको अवस्थामा बिहीबार साँझ उक्त टिपर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
नियन्त्रणमा लिइएका टिपरलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति मलंगवामा पत्राचार गरिएको सर्लाही प्रहरीले जनाएको छ ।