प्राइम खबर संबाददाता | बैशाख २८, २०८१ शुक्रबार
गृहमन्त्री रवि लामिछानेलाई बोल्न कांंग्रेसले अवरोध गरेको छ । शुक्रबार साँझ पौने ६ बजे बसेको प्रतिनिधि सभाको दोश्रो बैठकमा कांग्रेसले अवरोध गरेको हो । सभामुखले बैठक सूरु भएको बताउन नपाउँदै कांग्रेस सांसदहरु रोष्टक घेर्न दौडिएका थिए । सभामुख देवराज घिमिरेले गृहमन्त्रीले आफ्नो धारणा राख्न समय मागेको बताउँदै बोल्न दिनका लागि आग्रह गरेका थिए । गृहमन्त्री लामिछाने बोल्नका लागि रोष्टम तर्फ लाग्दा कांग्रेस सांसदले बाटो छेकेर अवरोध गरेका छन् ।