न्यूज डेस्क | बैशाख २९, २०८१ शनिबार

रौतहटको चन्द्रनिगाहपुर स्थित रहेको संकल्प साकोसको आयोजना तथा सिभिल हस्पिटल प्रा लि चन्द्रपुर  र लायन्स क्लबअफ चपुरको प्राबिधिक सहयोगमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 



साकोसले शनिबार चन्द्रपुर ९ स्थित श्री पन्च आधारभुत बिधालयमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको हो । उक्त कार्यक्रमको अध्यक्षता सस्थाका उपाध्यक्ष कृष्ण चन्द्र पोखरेलले गरेका थिए भने  कार्यक्रमका प्रमुख अतिथि चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख शेख नसरे आलम रहेका थिए  । 




उक्त स्वास्थ्य शिविर सञ्चालन कार्यक्रममा सिभिल हस्पिटल प्रा लि का सञ्चालक राजन  साह , लायन्स क्लबका नारायण न्यौपाने ,सस्थाका लेखा संयोजक गणेश पौडेल ,संचालक समितीका पदाधिकारी , कर्मचारी लगायतको उपस्थिति रहेको थियो  । 




आयोजक संस्थाका सह सचिब चिरञ्जीवी गौतमद्वारा संचालित कार्यक्रममा स्वागत मन्तव आयोजक संस्थाका सामाजिक क्रियाकलाप उपसमिति संयोजक भरत अधिकारीले गरेका थिए ।


चन्द्रपुर नगरपालिकाका  वडा नम्बर ९ र १० का सेवाग्राहीहरुलाई लक्षित गरि सो कार्यक्रमको आयोजना गरिएको आयोजक साकोसका अध्यक्ष विभु कुमार पोख्रेलले बताए । स्वास्थ्य शिबिरमा ३ सय ६१ ब्यक्तिहरुले स्वस्थ्य सेवा लिएका थिए।