न्यूज डेस्क | बैशाख ३१, २०८१ सोमबार
रौतहट । औपचारिक रुपले उद्घाटन समेत हुन नपाउदै चन्द्रनिगाहपुको चार्जिङ स्टेसन बन्द भएको छ । ठेकेदार कम्पनिले गुणस्तरहीन सामान राखेका कारण चन्द्रनिगाहपुरमा रहेको चार्जिङ सेन्टर बन्द भएको बुझिएको हो।
मधेस प्रदेस सरकार नबप्रबर्तन साझेदारी कोष र चन्द्रपुर नगरपालिकाको संयुक्त लगानीमा लगभग तीन करोड लागतमा बनेको उक्त चार्जिङ स्टेसनमा प्राबिधिक समस्यको कारण देखाई सेवा अबरुद्ध भएको हो । चार्जिङ स्टेसनमा सवारी चार्ज गर्न नपाएपछि चन्द्रनिगाहपुर लगायतका बिधुतिय सवारी प्रयोगकर्ताहरु आक्रोशित समेत बनेका छन् । राज्यले करोडौ लगानी गरेर बनाएको संरचनामा यसरी कमसल सामाग्रीको प्रयोग गरी स्थानियको आखाँमा छारो हाल्ने काम मात्र भएको चन्द्रपुरका बिधुतिय सवारी प्रयोगकर्ताहरु बताउछन् । चन्द्रपूर नगरपालिकामा वडा नं ५ मा नबनिर्मित चार्जिङ स्टेसन संचालनमा आएको दुई महिना बित्न नपाउदै समस्या उत्पन्न भएको हो ।
मधेश प्रदेश नबप्रर्बतन साझेदारी कोष र चन्द्रपुर नगरपालिकाको संयुक्त लगानीमा निर्मित उक्त चार्जिङ स्टेसनमा बिधुत ट्रान्सफर्मर जडानको कार्य सम्पन्न भएपछि गत फागुन २३ गते बुधबारबाट संचालनमा आएको थियो । २ करोड ७३ लाख ४२ हजार ४६८ रुपैयाँ लागतमा उक्त चार्जिङ स्टेशन संचालनमा आएको हो । चन्द्रपूर नगरपालिकाका नगरप्रमुख संजय कुमार काफ्लेले उक्त चार्जिङ स्टेशन निर्माणको लागी गतबर्ष सिलान्यास गरेका थिए ।
राजमार्गको लामो यात्रामा विद्युतीय गाडी लिएर निस्कने चालक र यात्रुले चन्द्रपूर नगरपालिकामा रहेको चार्जर प्रयोग गर्न सक्नेछन् भन्ने उद्धेश्यले बनाईएको उक्त चार्जिङ स्टेशन मधेश प्रदेशभरीमै रहेका अन्य चार्जिङ स्टेशनहरुको तुलनामा बढी लगानीमा बनेको हो । बढी लगानी भएकै कारण पनि यसलाई प्रदेशकै ठूलो चार्जिङ स्टेशन मानिदै आएको छ ।
गत फागुनमा स्टेशनलाई संचालनमा ल्याउदै नगरपालिकाका मेयर संजय काफ्लेले पहिलो पटक मधेश प्रदेशकै सबैभन्दा ठूलो चार्जिङ स्टेशन संचालनमा आएको भन्दै खुशी समेत ब्यक्त गरेका थिए । ‘देशको आवश्यकता अनुसार पेट्रोलियम पदार्थको आयात कम गर्न र आफ्नै देशमा उत्पादन भएको विजुली बेच्न यस्ता चार्जिङ स्टेशनले ठूलो सहयोग पुग्ने सोच उनको रहेको बताए । यद्धपी उक्त चार्जिङ स्टेशनको उद्घाटन पुनः बृहत रुपमा गर्ने योजना बाकिँ नै रहेको उनले बताएका थिए ।
चन्द्रपूरमा निर्माण भएको चार्जिङ स्टेशनमा २ वटा ३०र३० किलोवाटको सीसीएस९२ र २ वटा जिबीटी पोर्ट रहेका छन् । यसका अलावा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन चार्ज गर्न अरु ६ वटा पोर्ट रहेको भनिएता पनि हाल आएर प्राबिधिक कारण देखाई बन्द भएको भन्ने बोर्ड टागिएको छ । उक्त आयोजनाको निर्माण कार्य गत बर्ष अर्थात २०८० असार २० गते नै सकिने भएको भएतानि कामको गुणस्तर र प्रबिधिक मूल्यांकनमा चित्त बुझ्दो नभएपछि काम रोकिन गई पछि म्याद थप समेत गरीएको थियो । संरचना निर्माणमा समेत गलत डिजाइनका कारण ढुगांको वालमाथिबाट पिल्लर हालिएको भन्दै तिब्र आलोचना समेत भएको थियो ।