न्यूज डेस्क | असार ९, २०८१ शनिबार

रौतहट। बाबा बर्फानी मल्टीप्रपोज एण्ड मिडियाले आयोजना गरेको तीन दिने आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न भएको छ । विहिबारबाट चन्द्रनिगाहपुर स्थित होटल अल्पाइनमा संचालन भएको पत्रकारिता तथा उद्घोषण तालिम तीन दिनसम्म संचालन भएर आज सकिएको हो । चन्द्रपुर नगरपालिका वडा नम्वर ६ को आर्थिक सहयोगमा उक्त मीडिया प्रालिले तालिमको आयोजना गरेको थियो ।


तालिममा पत्रकारिता र उद्घोषण कलामा विशेष रुचि राख्ने २५ जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएको आयोजक संस्थाका कार्यक्रम संयोजक सरोज मिश्राले जानकारी दिएका छन् । उनका अनुसार तालिमका सहभागीहरुलाई आधारभूत पत्रकारिता र उद्घोषण कसरी गर्ने भन्ने बारेमा सिकाइएको थियो ।



नयाँ पत्रकार उत्पादन गर्ने उदेश्यले तालिम कार्यक्रमको आयोजना गरेको चन्द्रपुर वडा नम्बर ६ ले आउँदा दिनमा पनि विभिन्न लक्छितबर्ग सँग सहकार्य गरेर पुनर्ताजकी तालिम संचालन गर्ने समेत लक्ष्य लिएको अध्यक्ष सहदेव केसीले बताए । बिहीबार उक्त तालिम कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष केसीले पत्रकार समाजको ऐना भएको हुँदा सत्य तथ्य खबर सम्प्रेषणमा पत्रकारको भूमिका महत्वपूर्ण हुने हुँदा सत्यमा आधारित रहेर पत्रकारिता गर्न तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई उनले सुझाएका थिए ।



तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय कुमार काफ्लेले नगरपालिकाले गरेको लगानीको भरपुर उपयोग गर्न प्रशिक्षार्थीलाई आग्रह गरेका छन् । तालिममा सिकेका कुरा व्यवहार लागु गरी पत्रकारिता क्षेत्रमा स्थापित हुन उनले प्रशिक्षार्थीलाई शुभकामना समेत दिएका छन् ।



बाबा बर्फानि मल्टीपर्पोज एण्ड मीडियाका सञ्चालक सन्तोष काफ्लेको अध्यक्षतामा भएको समापन कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय कुमार काफ्लेको आतिथ्यता रहेको थियो । त्यस्तै चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र सापकोटा, प्रशिक्षक डीआर पौडेल , रमेश यादव,वरिष्ट पत्रकार मनोज कुमार साह, विद्यार्थी नेता संगम श्रेष्ठ , पवन उपाध्याय लगायतको सहभागिता रहेको थियो ।