न्यूज डेस्क | असार १९, २०८१ मंगलबार

नेपाली कांग्रेस मधेश प्रदेशको प्रवक्तामा सूर्यबहादुर थापा नियुक्त भएका छन्। प्रदेश सभापति कृष्ण प्रसाद यादवले नेपाली कांग्रेस रौतहटका चर्चित युवा नेता थापालाई प्रवक्ताको रूपमा जिम्मेवारी दिइएको बताएका छन्। 


नेपाली कांग्रेसको विधान २०१७ (संसोधन सहित) को धारा १३ (१०) को (ङ) वमोजिम थापालाई नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको प्रवक्ता पदमा नियुक्त गरिएको बताइएको छ। 



नेपाली कांग्रेस पार्टी संगठनलाई थप सुदृढ एवम् गतिशील बनाउन तपाईको महत्वपूर्ण सहयोग र योगदान रहनेछ भन्ने विश्वासका साथ नेता थापालाई प्रवक्ताको रुपमा जिम्मेवारी प्रदान गरिएको प्रदेश सभापति कृष्ण प्रसाद यादवले बताए।