न्यूज डेस्क | असार २२, २०८१ शुक्रबार

रौतहटको चन्द्रनिगाहपुरमा असार ६ देखि २० सम्म संचालित एन्फा ‘ए’ डभिजन लिग फुटवल प्रतियोगिताको उपाधी कछडिया युवा समाज क्लव चन्द्रपुर ३ गैडाटारले हात पारेको छ ।


प्रतियोगिताको फाइनल खेलमा कछडिया युवा क्लवलाई उपाधिका लागि जर्सि न २४ का खेलाडी राजकुमार स्याङताङले गरेको गोल नै निर्णायक गोल बन्न पुगेको थियो । उपाधिको लागि नेपाल खेलकुद क्लब चन्द्रनिगाहपुर र कछडिया युवा समाज क्लव प्रतिस्पर्धामा रहेका थिए।



लिग फुटबल प्रतियोगिताको समापन खेलमा प्रमुख अतिथी चन्द्रपुरका मेयर संजय कुमार काफ्ले रहेका थिए ।



मेयर काफ्लेले भौतिक पुर्वाधार बिकास सगै खेलकुदको बिकासका लागि नगरपालिकाले योजना बनाएर अघि बढेको समेत बताएका छन ।

समापन कार्यक्रमको सभाध्यक्ष रौतहट जिल्ला फुटवल संघ का अध्यक्ष भगवान दर्लामीले गरेका थिए भने कार्यक्रम संचालन संघका महासचिव मधुशुदन धितालले गरेका थिए ।

कार्यक्रममा अखिल नेपाल फुलबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ, अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा, एन्फा का मधेश प्रदेश अध्यक्ष नेपाल कार्की , चन्द्रपुर ६ का वडा अध्यक्ष सहदेव केसी,सँचारकर्मी संजय कार्कीले आ आफ्ना धारणा राखेका थिए ।

अखिल नेपाल फुटवल सघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ ले फुटवलमा रौतहट अगाडी रहेको बताउदै महिला फुटवलमा अहिले ३० जना महिला खेलाडी एकेडेमिमा रहेर प्रशिक्षण लिइरहेकोमा खुशि समेत ब्यक्त गरेका छन ।

सोही कार्यक्रममा रौतहटको फुटवल क्षेत्रलाई अगाडि बढाउन योगदान गरेको भन्दै संचारकर्मी फणि महत र ब्यवसायी देव भण्डारी लाई सम्मान गरिएको थियो । प्रतियोगितामा जिल्लाका १२ वटा ए डिभिजन टिमले सहभागी जनाएको महासचिव धितालले जानकारी दिएका छन ।