प्राइम खबर संबाददाता | बैशाख १७, २०७८ शुक्रबार
गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सपथ लिएका छन् । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले सांसद मनाङेलाई मन्त्रीको रुपमा सपथ गराएका हुन् । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषदले सामाजिक विकास मन्त्रालयलाई विभाजन गरेर युवा तथा खेलकुद मन्त्रालय थप गर्ने निर्णय गरेको थियो ।
सपथ ग्रहण कार्यक्रम प्रदेश नीति तथा योजना आयोगको सभा हलमा सम्पन्न भएको छ । कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित अन्य मन्त्रीहरु र नवनियुक्त मन्त्री मनाङेका शुभचिन्तक उपस्थित भएका छन् । उनी मनाङबाट स्वतन्त्र निर्वाचित भएका थिए ।