न्यूज डेस्क | असार २९, २०८१ शुक्रबार

रौतहट। चन्द्रपुर नगरपालिका स्थित सन्तपुरमा रहेको बर्थिङ्ग सेन्टर बिकसित र परिमार्जित रुपले नया भबनमा सन्चालनमा आउने भएको छ । वडा नं. ८ स्थित सन्तपुर स्वास्थय  चौकीमा रहेको बर्थिङ्ग सेन्टर लाई शुक्रबार चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सन्जय कुमार काफ्ले द्वरा नया भवनमा सार्दै सो भबनबाट सेवाको  उदघाटन  गरेका हुन् । 
नयाँ भबनबाट बर्थिङ्ग सेन्टर संचालनमा आएपछि स्वास्थ्य चौकिमा साघुरो कोठाबाट सेवा लिदै आएका सेवाग्राहीहरुलाई समेत सुबिधा पुग्ने वडाअध्यक्ष जितेन्द्र चौधरीले बताए । स्वास्थमा नागरीकको पहुँच वडा वडामा पुर्याउने चन्द्रपुर नगरपालिकाको लक्ष्य रहेको हुदाँ सोही अनुरुप वडा तहमा पनि नगरपलिकाले बर्थिङ्ग सेन्टर स्थापना गरेको बताउदै सुरक्षित रुपमा सुत्केरी गराउनका लागी स्वस्थ्य संस्थामा लगेर निः शुल्क सुबिधा लिन नगर प्रमुख काफ्लेले आग्रह गरेका छन् ।