न्यूज डेस्क | असार ३२, २०८१ सोमबार

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने पहिलो निर्णय गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै क्रिकेट रङ्गशालाबारे निर्णय गरेका हुन् ।


कीर्तिपुर क्रिकेट मैदानमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ। यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ।



नेपाली क्रिकेटले विश्वमा नेपालको शान, मानलाई उचो बनाइरहेका बेला ओलीले गरेको यो निर्णयले वाहीवाही पाएको छ । केहीले त ओलीले पहिलो बलमै छक्का हानेको भनेर टिप्पणी गरिरहेका छन् ।