न्यूज डेस्क | असार ३२, २०८१ सोमबार
परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय समकक्षी एस जयशंकरले बधाई दिएका छन्।सोमबार परराष्ट्रमन्त्री आरजुले शपथ ग्रहण गरेसँगै भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत बधाई दिएका हुन्। ‘नेपालको परराष्ट्रमन्त्रीको रुपमा नियुक्त हुनुभएकोमा आरजु राणा देउवालाई हार्दिक बधाई। बहुआयामिक साझेदारीलाई अघि बढाउन तपाईसँग मिलेर काम गर्न तत्पर छु,’ जयशंकरले लेखेका छन्।