न्यूज डेस्क | साउन ४, २०८१ शुक्रबार

प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्रसहित तीन दलका नेताहरुबीच सिंहदरबारमा भेटवार्ता सुरु भएको छ ।  सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भइरहेको हो । भेटका क्रममा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको संसदमा विश्वासको मतलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।