न्यूज डेस्क | साउन ४, २०८१ शुक्रबार

काठमाण्डौ। प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन माग गर्दै उजुरी परेको छ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भक्तपुरका अर्जुन बास्कोटाले उनीविरुद्ध उजुरी दर्ता गराएका हुन् ।
उपसभामुख रानाले पदको दुरुयोग गरी नेपालस्थित अमेरिकी राजदूतावासमा गैरसांसद व्यक्तिहरुलाई भिसाका लागि पहल गरेको पत्र बाहिरिएपछि उनी विवादमा तानिएकी छन् ।