न्यूज डेस्क | साउन ४, २०८१ शुक्रबार

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको न्यूरोडमा पुत्ला जलाइएको छ । न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विषयमा विवाद भएपछि स्थानीयले मेयर शाहको पुत्ला जलाएका हुन् । शुक्रबार सो क्षेत्रमा नगर प्रहरी र स्थानियहरु बिच झडप समेत भएको थियो । फुटपाथ बिस्तारको लागी महानगरले गरेको कार्यको वडाध्यक्ष चिनकाजी महर्जनले बिरोध गर्दै आएका छन् ।