न्यूज डेस्क | साउन ४, २०८१ शुक्रबार

 बारा प्रहरीले नक्कली नोट सहित एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर २ महुवाही बस्ने अं। वर्ष ३५ को छठु गिरी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।


गिरीको साथबाट प्रहरीले नेपाली एक हजारको नोट ८५ वटा गरी ८५ हजार बरामद गरेको हो  । विशेष सूचनाको आधारमा साउन ३ गते ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलिले सिम्रौनगढ नगरपालिका(२ महुवाही स्थित सडक खण्डमा महुवाहीबाट नयकाटोल तर्फ जादै गरेको मोटरसाइकल रोकी चेक जाँच गर्दा गिरीको साथबाट नक्कली नोट बरामद भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।



उनलाई नियन्त्रणमा लिएर खोटा मुद्रा सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ८ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको बारा प्रहरीले जनाएको छ ।