न्यूज डेस्क | साउन ८, २०८१ मंगलबार

भारतले आर्थिक वर्ष २०२४–२४ को युनियन बजेट सार्वजनिक गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो तथा अर्थमन्त्री निर्मला सितारमणको सातौँ बजेट मंगलबार सार्वजनिक भएको हो ।


आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको बजेटमा अर्थमन्त्री सितारणले देशको विपद् आर्थिक पाटोलाई समेट्ने प्रयत्न गरेकी छिन् । तीव्र आर्थिक विकासको महत्वकांक्षासहित ल्याइएको बजेटमा बिहारको बाढी रोक्न नेपालका खोला–नाला तथा नदी नियन्त्रणका लागि बजेट विनियोजन भएको छ ।
आगामी वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री सितारणमले ११ हजार ५०० करोड भारु विनियोजन गरेको घोषणा गरिन् । उनले भनिन्, ‘बिहार निरन्तररुपमा बाढीबाट प्रभावित बनिरहेको छ । यो समस्या मुलुकबाहिरबाट उत्पत्ति भएको हो ।’



‘नेपालमा बाढी नियन्त्रणका लागि बनाइरहेका पूर्वाधार निर्माणाधीन छन्,’ अर्थमन्त्री सितारमणले भनिन्, ‘यसका लागि भारत सरकारले अनुमानित ११ हजार ५०० करोड विनियोजन गरेको छ । यो कोसी–मेचीसहित अन्य २० आयोजनाका लागि हो ।’



यसबाट नदीमा ब्यारेज निर्माण, नदी प्रदूषण नियन्त्रण र सिँचाइ आयोजना समेत समेटिएका छन् । यसबाहेक नदीजन्य अनुसन्धान तथा सर्वेक्षणलाई समेत निरन्तरता दिइएको छ ।