न्यूज डेस्क | साउन ८, २०८१ मंगलबार

रौतहटको गरुडा नगरपालिकामा एक पुरुषको शव मंगलवार विहान फेला परेको छ ।
गरुडा नगरपालिका वडा नम्वर ५ स्थित रहेको झाँझ खोलामा अन्दाजी ५५ बर्षको उमेर भएको पुरुषको शव खोलामा तैरिरहेको अवस्थामा विहान स्थानीयहरुले देखेपछि सशस्त्र प्रहरीलाई खवर गरेका थिए ।
सशस्त्र वेश दुधियाभारमा जानकारी आएपछि तत्कालै सशस्त्र प्रहरी निरीक्षक संजिकुमार सिंहको नेतृत्व र इलाका प्रहरी कार्यालय गरुडाबाट गएको प्रहरी टोलीले झाँझ खोलामा तैरिरहेको अवस्थामा  शवलाई बाहिर निकालिएको थियो । उक्त घटनाबारे आवश्यक अनुसन्धान भईरहेको सशस्त्र प्रहरी बल नेपाल  ११ नं. गण रौतहटका गणपति एवं एसपी विक्रम हुमागाईले बताए । उक्त बेवारिस शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लगिएको प्रहरी श्रोतले बताएको छ ।