न्यूज डेस्क | साउन ९, २०८१ बुधबार

रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा दुईदिने कृषि तथा पशुपालक किसानहरुसँग स्थानीय युवा संस्थाहरुको लागि खाद्य अधिकार र पर्यावरणीय कृषि विषयक बजेट पैरवी कार्यक्रम सम्पन्न भएकोे छ । 
राष्ट्रिय कृषक समुह महासंघ नेपाल (एनएफजीएफ) को आयोजनामा चन्द्रनिगाहपुर स्थित होटल आरोहीमा दुईदिने कार्यक्रम बुधबार सम्पन्न भएको हो । स्थानीय युवा संस्थाहरुको लागि खाद्य अधिकार र पर्यावरणीय कृषि विषयक बजेट पैरवी कार्यक्रम कार्यक्रममा संस्थागत परिचय बिकासका लागी दिपकले सहजिकरण गरेका थिए । कार्यक्रममा मधेश प्रदेशका बारा र रौतहट जिल्लाबाट प्रतिनिधित्व गर्दै तीन दर्जन युवा कृषकहरु सहभागी भएका थिए । उक्त कार्यक्रम (एनएफजीएफ) का मधेश प्रदेशका अध्यक्ष दिपक ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा आयोजक संस्थाकी उपाध्यक्ष कबिता बन्जारा लगायत बिभिन्न बिधासँग सम्बन्धित प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए ।