न्यूज डेस्क | साउन ९, २०८१ बुधबार

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विमान दुर्घटना भएको छ ।


बिहान करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज रनवेबाट चिप्लिएर दुर्घटनामा परेको हो । सौर्य एयरका अध्यक्ष दीपक पोखरेलले दुर्घटनामा हताहत भएको हुनसक्ने जनाउनु भएको छ ।



दुर्घटना स्थलमा विमानस्थलको फायर फाइटिङ टिमले उद्धारको काम गरिरहेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।