न्यूज डेस्क | साउन ९, २०८१ बुधबार

सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजबाट क्याप्टेन मनिस शाक्यको जिबितै उद्धार गरिएको छ । टाउकोमा चोट रहेका उनी बोल्न सक्छन् भने अवस्था जोखिममुक्त रहेको बताइएको छ ।


उनको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । शाक्य झन्डै २०१४ देखि सौर्य एयरलाइन्समा आबद्ध रहेका चालक हुन् । त्यसअघि उनी तत्कालीन सिम्रिक एयरलाइन्समा आबद्ध थिए ।
जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको थियो । जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक) का लागि पोखरा जाने क्रममा थियो ।



सबै यात्रु सौर्यका इन्जिनियर तथा प्राविधिकहरू रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो ।