न्यूज डेस्क | साउन ९, २०८१ बुधबार

मंगलबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दुःख व्यक्त गरेको छ । पार्टी प्रबक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी दिवङ्गत भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै  शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका हुन् ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पोखराका लागि आज बिहान ११ः११ बजे उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सीआरजे—७ को विमान विमानस्थलको परिसरभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना गम्भीर घाइते भएका थिए ।



‘दुर्घटनामा परी दिवङ्गत हुनु भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै रास्वपाले उहाँहरूको आत्माको चीर शान्तिको कामनाका साथ शोकाकुल परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना सहित दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन उपचाररत रहेका मनिष शाक्यको प्रभावकारी उपचारसहित उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।