न्यूज डेस्क | साउन ९, २०८१ बुधबार

बुधबार त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलको धावनमार्ग नजिकै दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजको ब्ल्याक बक्स भेटिएको छ । उद्धारकर्ताहरुले फेला पारेको उक्त ब्ल्याक बक्स आफूसँग सुरक्षित रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।


ब्ल्याक बक्स भेटिनुका साथै जहाजका पाइलट मनिषरत्न शाक्यसमेत खतरामुक्त रहेकाले दुर्घटनाको कारण पत्ता लगाउन सहज हुने अधिकारीहरुको विश्वास छ । प्राधिकरणले ब्ल्याक बक्स सरकारद्वारा गठित जाँचबुझ आयोगका प्रतिनिधिलाई बिहीबार नै बुझाउने तयारी गरेको छ।



मन्त्रिपरिषद् बैठकले बुधबार साँझ प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लालको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । बुधबार पोखराका लागि उडेको सो जहाज दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए ।