न्यूज डेस्क | साउन २१, २०८१ सोमबार
कास्की। आफ्नै सपिङ सेन्टरमा विमा रकम असुल्नका लागि आगो लगाएको आरोपमा पोखरामा १ जना पक्राउ परेका छन् ।
उक्त गतिविधि गर्न उक्साउने अर्का एक जनालाई समेत कास्की प्रहरीले सार्वजनिक गरेको छ । कास्की प्रहरीले सार्वजनिक गर्नेमा मुख्य योजनाकार सुजन गहतराज र सहयोगी पवन नेपाल रहेका छन् ।
सुजनले उक्त पसलको न्यूरोड शाखाको हिमालयन एभरेष्ट इन्स्युरेन्समा २ करोड १० लाखको विमा गरेका थिए । सोही रकम असुल्ने योजनासहित आगो लगाएको बयान दिएको कास्की प्रहरीका प्रमुख एसपी मोहन कुमार थापाले बताए । उनका अनुसार उनलाई उक्त कार्य गर्न पवन नेपालले उक्साएका थिए ।
पवनले यसअघि पश्चिमाञ्चल एकीकृत कृषि केन्द्रबाट सञ्चालिक सफल पोल्ट्री फार्ममा आगो लगाएर इन्स्युरेन्स कम्पनीबाट ३१ लाख रुपैयाँ लिएको बताएपछि सुजनले उक्त हर्कत गरेको एसपी थापाले बताए ।
सुजन र पवन मिलेर गत लेकसाइडको मुक्तिानाथ सपिङ सेन्टरमा गत १७ गते आगजनी गरेका थिए । पक्राउ परेका दुई उनीहरुमाथि आपराधिक उपद्र गर्न नहुने शिर्षकमा मुद्धा दर्ता गरी ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।