न्यूज डेस्क | साउन २१, २०८१ सोमबार

रौतहट। जन ज्योति बहुमुखि क्याम्पस चन्द्रनिगाहपुरमा बिबिएस तेश्रो संकायमा अध्ययनरत बिधार्थीहरुले क्याम्पसमा ज्ञापन पत्र बुझाएका छन् । 
आफूहरुको पढाई अंग्रेजी माध्ययममा हुनुपर्ने भएतापनि लामो समयदेखि अंग्रेजी माध्ययममा पढाई नभई नेपाली माध्ययममा मात्र हुने गरेको भन्दै क्याम्पस प्रशासन समक्ष संयुक्त रुपमा ज्ञापन पत्र पेश गरीएको स्नातक तेश्रो बर्षमा अध्ययनरत छात्र अभिशेष चौधरीले बताएका छन् । 
आईतबार अंग्रेजि कक्षाको संचालनको माग नियमित गर्न माग गर्दै सामुहिक रुपमा क्याम्पस प्रमुख राजन श्रेष्ठ समक्ष ज्ञापन पत्र पेश गरीएको चौधरीले जानकारी दिए । 
स्नातक र स्नातकोत्तर सम्मको अध्यापन हुदै आएको उक्त क्याम्पसमा केही बर्ष देखि नेपाली र अंग्रेजी दुवै माध्ययममा अध्ययन अध्यापन हुदै आएको छ ।