प्राइम खबर संबाददाता | बैशाख २२, २०७८ बुधबार

गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले बुधबार पदभार ग्रहण गर्नुभएको छ । उहाँले बुधबार पोखराको सहिदचोकस्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो ।


सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार गण्डकीमा पौडेल र सुदूरपश्चिमको प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्त गर्नुभएको थियो।



गण्डकीका प्रदेश प्रमूख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सरकारले सोमबार नै सिफारिस गरेको थियो ।