न्यूज डेस्क | साउन २२, २०८१ मंगलबार
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले थप ५ राज्यमन्त्री नियुक्त गरेका छन् । उनले मंगलबार नेपाली कांग्रेसबाट २, जनमत, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट १/१ जना राज्यमन्त्री नियुक्त गरेका हुन् ।
एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मो. जयद आलम, कांग्रेससबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रेखा ठाकुर, ऊर्जा, सिँचाइ, सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा निलम कुमारी रजक नियुक्त भएका छन् ।
यस्तै लोसपाबाट शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा रामबाबु यादव र जनमतबाट उद्योग तथा पर्यटन राज्यमन्त्री शम्भु साह नियुक्त भएका छन् । यो सँगै मधेसको मन्त्रिपरिषद् २० सदस्यीय बनेको छ ।