सन्तोष काफ्ले | साउन २३, २०८१ बुधबार
रौतहटमा नक्कली प्रहरी बनेर ठग्दै हिड्ने एक युबक पक्राउ परेका छन् । आफुलाई नेपाल प्रहरीको सादा पोसाकको प्रहरी हुँ भन्दै सर्वसाधरण सँग रकम असुल गर्ने र बिभिन्न व्यक्तिहरुको जिउ खानतलासी गर्दैगर्र्दा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरीको बिशेष टोलीले मंगलबार राति ११ बजे चन्द्रपुर नगरपालिका वडा नं.९ स्थित डुमरिया चौकबाट एकजना युवकलाई पक्राउ गरेको हो ।
नक्कलि प्रहरी बनेर पक्राउ पर्नेमा रौतहटकै माधवनारायण नगरपालिका वडा नं.१ बस्ने रामबली साहको छोरा २४ बर्षिय रमेश साह रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । पक्राउ परेका साहबारे अनुसन्धान गर्दा निज नक्कली प्रहरी भएको खुल्न आउनुको साथै निजको शरीर तथा झोला खानतलासी गर्दा उक्त झोला भित्र सशस्त्र प्रहरी बलको तयारी हालतमा रहेको पोशाक समेत बरामद गरिएको प्रहरी स्रोतले बताएको छ ।
साह बिरुद्द यस भन्दा अगाडी जिल्ला प्रहरी कार्यालय रौतहटबाट लागु औषध र इ.प्र.का.गरुडा रौतहटबाट अभद्र व्यवहार शिर्षकमा मुद्दा चलेको समेत ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
पक्राउ परेका नक्कली प्रहरी साहलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय रौतहट गौरबाट सात दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए ।