प्राइम खबर संबाददाता | साउन २५, २०८१ शुक्रबार

सुदिप अर्याल रौतहट । एनएमबि बैंक लिमिटेड चन्द्रनिगाहपुर शाखाले  चन्द्रनिगाहपुर स्थित जनज्योति नमूना माध्यमिक विद्यालय र जन जागृति माबि सिन्धुरेघारीलाई पंखा र सेनिटरी प्याड भेन्डिङ मेसिन प्रदान गरेको छ।


नेपाल एनएमबि बैंक लिमिटेड चन्द्रनिगाहपुर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शुक्रबार उक्त विद्यालयहरुमा एक कार्यक्रमका बीच एकएक सेट सेनिटरी प्याड भेन्डिङ मेसिन र पाँच पाँच थान सिलिङ्क पंखा प्रदान गरेको हो।



सहयोगी संस्था एनएमबि बैंक लिमिटेड मधेश प्रदेश प्रमुख कमल पोखरेलको प्रमुख आथित्यतमा भएको उक्त कार्यक्रममा बोल्दै जन ज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश लामिछानेले महिनावारीको समयमा विद्यालयको छात्राहरुले प्याड व्यवस्थापनको लागि भोग्दै आएको समस्याको बारेमा बताउदैं आगामी दिनमा भेन्डिङ मेसिनको प्रयोगले सहजता प्रदान गर्नुको साथै फोहर व्यवस्थापनमा समेत सघाउ पुग्ने बताएका छन्  ।



सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत महिनावारीको समयमा बिधालयमा रहदाको बखत छात्राहरुले भोग्दै आएको समस्यालाई केही हदसम्म समाधान गर्न उपयोगी मेसिन र गर्मीको समयमा अत्याबश्यक झै रहेको पंखा समेत सहयोग गर्न पाउदा आफूलाई निकै खुसी महसुस भएको सो बैंकका प्रदेश प्रमुख पोखरेलले बतएका छन् ।
कार्यक्रममा उक्त मेसिनको प्रयोग र व्यवस्थापनको बारेमा कक्षा १२ र १२ मा अध्यनरत छात्राहरुलाई भेन्डिङ मेसिनको उपयोगिता र व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर जानकारी समेत दिईएको थियो।

सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत विद्यालयलाई अत्यन्त आबस्यक रहेको कुरा मध्यनजर गर्दै भेण्टिङ मेसिन सहयोग गरेको भन्दै एनएमबि बैंक लिमिटेडका चन्द्रनिगाहपुर शाखाका प्रबंधक ईन्द्र गौतमलाई बिशेष  धन्यवादको पात्र भएको भन्दै जनज्योति माबिका प्रधानाध्यापक देवनारायण हुमागाई र जन जागृति माबिका प्रधानाध्यापक सत्रुधन प्रसाद साहले प्रशंसा समेत गरेका छन्। कार्यक्रममा सो बैंकका कर्मचारीहरु, विद्यालयका शिक्षक, शिक्षिका लगायत छात्राहरुको उपस्थित रहेको थियो।