एजेन्सी | साउन २७, २०८१ आइतबार

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा मिशिगन, पेन्सिलभेनिया र विस्कन्सिन गरी प्रतिस्पर्धाका हिसाबले महत्वपूर्ण मानिने तीन राज्यमा डोनाल्ड ट्रम्पलाई अग्रता दिनसक्ने पछिल्लो सर्वेक्षणले देखाएको छ ।


पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत एक वर्षमा प्राप्त गरेको फाइदालाई राष्ट्रपति जो बाइडेनको प्रतिस्पर्धाबाट बाहिरिने निर्णय र ह्यारिसको अभियानमा देखिएको व्यापक सहभागिताले क्षीण बनाएको देखिएको छ । न्युयोर्क टाइम्स र सिएना कलेजले गरेको सर्वेक्षणमा ह्यारिसले मिशिगन, पेन्सिलभेनिया र विस्कन्सिनमा समान ५० देखि ४६ प्रतिशतको अन्तरले ट्रम्पलाई पछाडि पारेको देखाएको छ । अमेरिकी ‘इलेक्टोरल कलेज भोटिङ’ प्रणालीअन्तर्गत मध्यपश्चिमका यी तीन राज्यलाई कुनै पनि दलको जितका लागि महत्वपूर्ण मानिएको छ ।



यो सर्वेक्षण नतिजा ती राज्यहरूमा यस पहिलेका सर्वेक्षणबाट देखिएको नतिजा विपरित छ । अघिल्ला सर्भेक्षणहरूले लगभग एक वर्षसम्म ट्रम्पलाई डेमोक्र्याटिक राष्ट्रपति जो बाइडनसँग समान वा थोरै अग्रता गरेको देखाएका थिए । बाइडेनले गत महिना ९जुलाइमा० राष्ट्रपतिको दौडबाट बाहिरिँदै उपराष्ट्रपति ह्यारिसलाई समर्थन गरेका थिए ।



नोभेम्बर ५ मा हुने निर्वाचनअघिको करिब तीन महिनामा धेरै कुरा परिवर्तन हुन सक्छ । सर्वेक्षणले मतदाताहरूले अझै पनि अर्थव्यवस्था र आप्रवासनका प्रमुख मुद्दाहरूमा ट्रम्पलाई प्राथमिकता दिएको देखाएको छ । यद्यपि ह्यारिसलाई गर्भपतनको मुद्दामा कसलाई विश्वास छ भनेर सोध्दा डेमोक्र्याटहरूले ह्यारिसको उम्मेदवारीलाई स्वागत गर्ने उत्साहको वृद्धिलाई हृदयदेखि नै लिएका छन् भने ८१ वर्षीय बाइडेनले राजीनामा दिएपछि धेरैले राहतको महशुस व्यक्त गरेका छन् ।

मिनेसोटाका गभर्नर टिम वाल्जलाई आफ्नो चुनावी जोडीको रूपमा मङ्गलबार घोषणा गरेपछि पनि डेमोक्र्याटहरू बढी उत्साहित भएको देखिन्छ । गत जुलाई १३ मा ट्रम्पको हत्या प्रयास र गत महिना रिपब्लिकनको सफल राष्ट्रिय सम्मेलनपछि पनि ह्यारिस र वाल्जको पक्षमा समर्थन वृद्धिले ट्रम्पलाई झकझकाएको छ ।