न्यूज डेस्क | साउन २७, २०८१ आइतबार

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले पूर्वप्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । आइतबार साँझ विदेश सचिव मिस्री अध्यक्ष प्रचण्ड भेट्न खुमलटार पुगेका हुन् ।  


भेटका अवसरमा दुई देशबिचको आपसी हित एवं पारस्परिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्त्वपूर्ण छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।  मिस्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता गरेका थिए ।



आज नै परराष्ट्र सचिव सेवा लम्सालले मिस्रीका लागि रात्रिभोजको आयोजना गर्नेछिन् ।  मिस्रीले सोमबार बिहान परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भेटेर साँझ भारत फर्किने कार्यक्रम रहेको छ ।