न्यूज डेस्क | साउन ३१, २०८१ बिहिबार

रौतहटमा नेकपा एमाले निकट बिधार्थी संगठन अनेरास्वबियुले संगठन निर्माणको नाममा सोझा साझा बिधार्थीलाई झुक्याउदै अध्यक्ष बनाउदै भ्रमको राजनिति गर्दै हिडेको पाईएको छ । 
अनेरास्वबियु रौतहटले चन्द्रपुर नगर कमिटि निर्माणको नाममा यस्तो हर्कत गरेपछि यो तथ्य बाहिरीएको हो । पछिल्लो समय बिधार्थी राजनितिको नाममा भईरहेको स्टन्टबाजि नगर कमिटिको अध्यक्ष बनाउदा झुक्याएर बनाएको घटना बाहिरीएपछि अनेरास्वबियुको प्रबृत्ती उदांगो भएको अर्का बिधार्थाी नेता घनश्याम रजकले बताएका छन् ।



अनेरास्वबियुले जन ज्योति बहुमुखि क्याम्पस चन्द्रनिगाहपुरमा अध्ययनरत छात्र शुभ श्रेष्ठलाई झुक्याएर आफ्नो संगठनमा नगर अध्यक्ष बनाएको कुराको खुलासा भएपछि अनेरास्वबियुलाई नैतिक रुपमा प्रश्न चिन्ह खडा भएको हो । बिहिबार एक बिज्ञप्ती निकाल्दै शुभ श्रेष्ठले २०८१ साउन ४ गते गठित अनेरास्वबियु चन्द्रपुर नगर कमिटीको अधिबेशनबाट आफुलाई झुक्याएर नगर अध्यक्षको जिम्मेवारी दिएको प्रति असहमति जनाउदै राजिनामा दिएको समेत बताएका छन् । 
 
नेकपा एकिकृत समाजबादी निकट बिधार्थी संगठनका रौतहट जिल्ला अध्यक्ष समेत रहेका रजकले सामाजिक सँजाल फेसबुकमा लेख्दै भनेका छन् ।  यस्तो नि अनैतिक कार्य गर्दा संगठनलाई लाज लाग्दैन र रु अब देखि यस्तो कार्य कदापि न होस् चेतना गराउदै चेत हुन खबरदारी गर्दछौं जुन सुकै संघसंगठन होस् विद्यार्थीहरुलाई झुक्याएर कदापि यस्तो कदम न होश चेतना भया भन्दै चेतावनी समेत दिएका छन् । नेकपा एकिकृत समाजबादी निकट बिधार्थी संगठनका अनेरास्वबियू भनेर एमाले निकट अनेरास्वबियुको नगर अध्यक्ष बनाईएपछि आफूलाई झुक्याईएको भन्दै श्रेष्ठले बिधार्थी हक हितको लागी आफू निरन्तर लड्दै आउने समेत बताएका छन् ।