न्यूज डेस्क | साउन ३१, २०८१ बिहिबार

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सिन्धुलीको तिनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका २ चियाबारीमा दुर्घटना हुँदा थप १३ जना घाइते भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द काफ्लेले जानकारी दिए ।


वा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेलाई सिन्धुली अस्पताल लगिएको र उनीहरूको नाम सङ्कलन गर्ने कार्य भई रहेको एसपी काफ्लेले जानकारी दिए । दुर्घटनापछि बिपी राजमार्ग अवरुद्ध भएको छ ।