प्राइम खबर संबाददाता | बैशाख २२, २०७८ बुधबार

दोश्रो भेरीयन्टको कोरोना भाइरस सङ्क्रमण बढेसँगै रौतहटमा पनि मास्क लगाउनेहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।
 यद्यपि मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृत्तिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको पनि छ । सडक, सडकपेटी र बजारक्षेत्रमा प्रयोग भएको मास्क जथाभावी फालिएकाले जोखिम बढ्दै गएको हो ।

मास्कको उचित प्रयोग र ब्यबस्थित विसर्जन हुन नसक्दा सङ्क्रमण फैलिन सक्छ । “मास्कको भित्री भागमा थुक, र्याल, सिँगान र बाहिरी भागमा अरुको थुकको छिटा समेत परेको हुनसक्ने भएकाले जथाभावी फाल्दा सङ्क्रमणको जोखिमको खतरा हुनेहुदाँ मास्कको उचित व्यवस्थापन हुन नसके सङ्क्रमण फैलन सक्ने स्वास्यकर्मीहरू बताउछन । 



मास्क खोल्दा र लगाउनुअघि हात पूर्णरूपमा सेनिटाइज ,निर्मलीकरण वा साबुनपानीले धुनुपर्ने र मास्कलाई गोलो बनाएर बिर्को लगाएको डष्टबिनमा हाल्नुपर्ने सुझाव स्वास्यकर्मी मातृका चालिसेको रहेको छ ।  मास्कमा धातु र प्लाष्टिक समेत हुने हुँदा ती वस्तुमा किटाणु लामो समयसम्म बस्ने गरेको अध्ययनकर्र्ताहरु  बताउछन् ।

आम नागरिकले मास्कको उचित प्रयोग र विर्सजनका बारेमा गम्भीर हुन सके सङ्क्रमण न्यूनीकरणमा सहयोग पुग्ने स्वास्थ्थ्य कार्यालयको भनाई रहेको छ ।