न्यूज डेस्क | साउन ३२, २०८१ शुक्रबार

चन्द्रनिगाहपुरका सञ्चारकर्मी फणी महत विगत दुई वर्षदेखि टाउकोमा ट्युमरको समस्याबाट पीडित छन्। उनी प्रेस चौतारी नेपालका मधेश प्रदेश अध्यक्ष, अन्नपूर्ण पोस्टका रौतहट संवाददाता, र चन्द्रनिगाहपुरमा रहेको रेडियो सुप्रीमका सञ्चालक हुन्।


काठमाण्डौ र दिल्लीमा गरिएको ब्रेन ट्युमरको उपचारमा ५० लाख भन्दा बढी खर्च भइसकेको छ, तर महत पूर्णरूपमा स्वस्थ हुन सकेका छैनन्। चिकित्सकहरुको सिफारिस अनुसार, उनको थप उपचारका लागि तुरुन्तै भारतको दिल्ली जानुपर्ने आवश्यकता छ।



उपचारमा लागेको ठूलो आर्थिक भारका कारण महत अहिले आर्थिक संकटमा छन्। यस अवस्थामा, उनको उपचारका लागि तत्काल १५ लाखभन्दा बढी रकम आवश्यक भएको हुँदा, उनले सहयोगको अपिल गरेका छन्। सबै शुभचिन्तक तथा साथीहरूलाई क्यूआर कोडमार्फत आफूले सक्ने सहयोग गरिदिन तथा महतको उपचारका लागि सहयोग जुटाइदिन आग्रह गरिएको छ।