न्यूज डेस्क | भदौ ४, २०८१ मंगलबार

 रौतहट जिल्लाको माधव नारायण नगरपालिका पछिल्लो समय भ्रष्टाचारको आरोपमा मुछिएको छ । स्थानिय बासिन्दाहरुले नगरपालिकाका मेयर बैजु प्रसाद यादब र प्रशासकिय अधिकृत श्रीदेव यादबलाई ठूला अनियमिततामा संलग्न भएको आरोप लगाएका छन् । मेयर यादबले कुनै काम नै नगरेको परियोजनाहरुमा समेत ५० प्रतिशत कमिसन लिएर भुक्तानी गरेको गम्भीर आरोप लागेको छ ।


स्थानिय एक जनाले नाम नबताउने सर्तमा जानकारी दिए अनुसार, मेयर बैजु यादब र प्रशासकिय अधिकृत श्रीदेव यादबको मिलेमतोमा विकास निर्माणका कार्यहरुमा ठूला भ्रष्टाचार भएका छन् । यस्तो अवस्थामा पालिकाको विकासको भविष्य कस्तो होला भन्ने चिन्ता स्थानियबासीहरुमा छाएको छ । नगरपालिकाबाट संचालित विभिन्न कार्यक्रमहरुमा समेत व्यापक अनियमितता रहेको जनाइएको छ ।



विशेष गरी कृषि, वन कार्यक्रम लगायतका विभिन्न संघ संस्थाहरुबाट आधी कमिसन लिएर भुक्तानी गरिने गरेको छ । यस्ता भ्रष्टाचारका कारण पालिकामा विकासका कामहरु ठप्प हुनुका साथै जनताको विश्वास समेत खस्कँदो छ । अर्कोतिर, स्थानियबासीहरुका अनुसार, ठेक्का दिने प्रक्रियामा पनि ठूला अनियमितता हुन्छ ।



ठेक्का लिने व्यक्तिहरुले नगर प्रमुख र प्रशासकिय अधिकृतसँग मिलेमतो गरेर गैरकानूनी रूपमा काम गर्छन् । त्यति मात्र नभएर कृषि, बन कार्यक्रम, बालुवा गिट्टी, एनजिओ लगायत बिभिन्न संघसंस्थाले बजेट पचाउने नियतले नियमअनुसार गर्नु पर्ने कार्य नै नगरी मेयर बैजु यादबलाई कमिसनको अधारमा ५० प्रतिशत रुपैंया बुझाएर भुक्तानी गराएको स्थानियहरुले बताएका छन ।
मेयर यादबको यस रबैयाको कारण सिंगौं पालिका नै अहिले बदनामिको काँधमा पुगेको छ ।

स्थानियबासीहरुले यस किसिमको अनियमितताको बिरोध गर्दै सम्बन्धित निकायलाई तत्काल छानबिन गरी दोषीहरुमाथि कडा कारबाही गर्न माग गरेका छन् । यस किसिमका भ्रष्टाचारका घटनाहरुले पालिकाको विकास कार्यमा ठूलो बाधा पुर्याएको छ । नगरपालिकाको साखामाथि प्रश्न उठ्न थालेको छ भने स्थानिय जनताको आक्रोश चुलिएको छ ।

यस्ता घटना रोक्न र पारदर्शिता कायम गर्न आवश्यक कदम चाल्नुपर्ने स्थानियहरु अख्तियार दुरुपयोग अनुसन्धानको ध्यानआकर्षण समेत गराएका छन ।। यदि यस्ता कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छिटो भन्दा छिटो कार्यवाहि गरेन भने हामि सख्त कडा आन्दोलन गर्न बाध्य हुने स्थानियहरुले बताएका छन ।त्यति मात्र नभएर जनताहरुको गुनासो अनुसार, बैजु प्रसाद यादव र श्रीदेव यादवले ठेक्का प्रक्रिया, बजेट वितरण, र सामाग्री खरिदमा आफ्ना आफन्त र नजिकका व्यक्तिहरुलाई लाभ दिने कार्यहरुमा संलग्न रहेको पाईएको छ ।

माधवनारायण नगरपालिकामा भइरहेको योजनाहरुमा पारदर्शिता नभएको र सार्वजनिक सुनुवाइमा पनि यसबारे प्रश्न उठेपछि अख्तियारले तत्कालै छानबिन गर्नु पर्ने आवश्यकता देखिएको छ।यसै कारण, नगरबासीहरु अख्तियारको भूमिकामा प्रश्न उठाउँदै छन्। जनताले भनिरहेका छन् कि यदि अख्तियारले यथाशिघ्र कारबाही नगरे भने भ्रष्टाचारको सञ्जाल अझै बलियो हुँदै जानेछ र यसले गर्दा नगरको विकास योजनाहरुमा अवरोध आउन सक्छ। उनीहरुले सरकारलाई तत्कालै यो विषयमा ध्यान दिन र दोषीमाथि कारबाही गर्न अनुरोध गरेका छन्।