न्यूज डेस्क | भदौ ४, २०८१ मंगलबार

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले चालु आर्थिक वर्षको एक महिनाको अवधिमा नियम उलंघन गर्ने ११ सयभन्दा सवारीलाई कारबाही गरी ९ लाख भन्दा रुपैयाँ राजश्व संकलन गरेको छ। 


साउन मसान्तभित्र जिल्लाभरीमा नियम बिपरित चलेका ११ सय ५ सवारी धनी लाई कार्वाही गरी कुल ९ लाख,२५ हजार ५०० रुपैयाँ राजश्व संकलन गरिएको रौतहट जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले जानकारी दिए । 



कारबाहीमा पर्ने सवारी साधनमध्ये सबभन्दा बढी ट्रकको संख्या ३३८ रहेको छ। यसैगरी दोस्रो स्थानमा २६१ मोटरसाइकल छन् भने त्यसपछि १७३ कार, जिप, टेम्पो ,८६ बस र ५९ ट्याक्टर रहेका छन् ।