प्राइम खबर संबाददाता | बैशाख २२, २०७८ बुधबार


बझाङ्गमा टयाक्टर दुर्घटना हुदा एक जना युवकको मृत्यू भएको छ । बझाङ्गको जयपृथ्वी नगरपालिका वाड न १० बाउली खोला किनारा बिच सडकमा टयाक्टरले सिलिप खादा  कैलाली जिल्ला चुरे गाउपालिका वाड न ६ बस्ने वर्ष १८ का पुरन साउदको घटना स्थलमै मृत्यु भएको हो ।  
 अहिले दिउसो ३ः३० बजे बाउली खोला किनारा वाट ढुङ्गा लोड गरि जयपृथ्वी नगरपालिका १० देखि जिल्लाको शुर्मा गाउपालिका जोडने सडक खण्ड निर्माण गदै आएको काफलासैनी निर्माण सेवा कुलालीगाउ  जाने क्रममा से २ प २५९६ नम्वरको टयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङ्गका प्रमुख डि एस पी रुपक खडकाले बताएका छन । 
 कोरोना भाईरस कोभिड १९को दोस्रो लहर चले संगै देश बझाङ्ग जिल्लामा अन्य सबै कार्य बन्द रहेको भए पनि बिकास निर्माणका कार्य लाई समाजिक दुरी कायम गर्दै कार्य संचालन गर्ने जिल्ला प्रशासनको निर्णय अनुसार कार्य सडक निर्माणल लगाएतका बिकास कार्य संचालनमा रहेका छन ।