न्यूज डेस्क | भदौ ७, २०८१ शुक्रबार

रौतहटको गौरबाट पोखरा जाँदै गरेको बस दूर्घटनामा परेको छ ।


गौरबाट पोखराका लागी छुटेको  ग २ ख ४७ नम्बरको मनकामना डिलक्स नाम गरेको बस माथि शुक्रबार दिउँसो १ बजेर ५० मिनेटको समयमा मुग्लिन नारायणगढ सडक खण्डमा भिरबाट ढुंगा खसेको थियो । 



बसमाथि ढुंगा खस्दा चालक आत्तिएर बस अनियन्त्रित भएपछि उक्त बस सडकमै पल्टिएको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।
उनका अनुसार दुर्घटनामा ११ जना यात्रु घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरमा पठाइएको बताईएको छ ।