न्यूज डेस्क | भदौ ८, २०८१ शनिबार

बारा प्रहरीले जुवातास खेल्ने १३ जनालाई नियन्त्रणमा लिएको छ । जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा महागढी नगरपालिका–१ बरियापुरबाट १३ जनालाई पक्राउ गरेको हो ।


प्रहरीको विशेष टोलीले बरियापुरस्थित मोतीलाल प्रसादको घरमा छापा मारेर १३ जनालाई नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।  जुवातास खेलिरहेको अवस्थामा मनोज प्रसाद कुशवाहा, विनोद प्रसाद, मोतिलाल प्रसाद, जतिकर हुसेन, मोतिलाल कुशवाहा, राजु कुशवाहा, अच्छेलाल महतो, कस्तुरी साह, राजकिशोर प्रसाद कुशवाहा, जितेन्द्र तिवारी, सुकदेव यादव र मुस्ताकखान पैठानलाई पक्राउ गरेको छ । 



पक्राउ परेका सबै जना महागढी नगरपालिका १ का बासिन्दा रहेको प्रहरीले जानकारी दिएको छ ।  उनीहरूको साथबाट १ लाख ७१ हजार २ सय ८० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।