न्यूज डेस्क | भदौ ८, २०८१ शनिबार

रौतहट। नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिति रौतहटले पदस्थापना एबम सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संघले जिल्ला कार्यसमिति लाई पुर्णता दिदै पदस्थापन कार्यक्रम गरेको हो । कार्यक्रममा एसईइको परिक्षामा ४ जिपिए ल्याउने रौतहट दुर्गाभगबती गाउपालिकाका अन्जली झालाई नगद सहित सम्मान पत्रले सम्मान गरिएको जिल्ला अध्यक्ष अधिकार लामिछानेले बताएका छन् ।


चन्द्रनिगाहपुर स्थित जन ज्योति नमुना माध्यमिक बिधालयको सभाहलमा शनिबार आयोजित उक्त सम्मान कार्यक्रम रौतहट क्षेत्र नं. ४ का सांसद देब प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा संघका नब निर्बाचित पदाधिकारीहरुलाई प्रसंसा पत्र प्रदान गरीएको थियो ।



नेबिसंघ रौतहटको जिल्ला कार्यसमितिमा उपसभापति पदमा प्रल्हाद मैनाली, शेख ईजमानुल हक र मोहम्मद सहनाबज आलम रहेका छन् ।  सचिबमा खुवारी यादब र  शोयल खान रहेका छन् । त्यसैगरी सहसचिब पदमा प्रेमलाल श्रेष्ठ, मिथलेश पटेल तथा कोषाध्यक्ष  पदमा ऋिचा राई सर्बसम्मत चयन भएका हुन् ।



संघको जिल्ला  सदस्यहरुमा शौरभ झा, रबी भुषण प्रसाद यादब, बिबेक झा, रामदयाल सहनी, श्रीधर महतो, मधु यादब, रामसिला यादब, दिलिप पटेल, राकेश यादब, रोशन पटेल, सुनिल यादब, रोहित कुमार साह, चन्देश्वर प्रसाद यादब, चिरण चौलागाई, पवन गुप्ता, पंकज चौधरी, सरोज पटेल, बसन्त थिङ्ग, मुकेश रञ्जन यादब, प्रकाश तिमल्सिना, आस्था घिमिरे, मोनिका फुयाल, जोशन मैनाली, दिबस तिमल्सिना र रितिक सिंह चयन भएको अध्यक्ष लामिछानेले बताए ।