न्यूज डेस्क | भदौ ८, २०८१ शनिबार

सर्लाही जिल्लाको कविलासी नगरपालिका वडा नम्वर ४ हेमपुरका पूर्व वडाध्यक्षको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ ।


हेमपुरका ४३ बर्षिय पूर्व वडाध्यक्ष अरबिन्दकुमार यादव शुक्रवार राति ९ बजेको समयमा टिकुलियाबाट बरहथवातर्फ गइरहेको प्रदेश २–०३–०२० प ३२४५ नम्बरको मोटरसाईकल किसनपुर चोकमा दुर्घटना हुँदा निजको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका  यादवलाई तत्कालै उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



मृतक यादवको शव पोष्टमार्टमका लागि राति नै प्रादेशिक अस्पताल मलंगवा पुर्याएर आवश्यक अनुसन्धान भईरहेको डिएसपी दिपक श्रेष्ठले जानकारी दिएका छन् । यादब अघिल्लो स्थानिय तहको निर्बाचनमा वडा अध्यक्ष पदमा निर्बाचित भएका थिए ।