न्यूज डेस्क | भदौ ८, २०८१ शनिबार

सिन्धुली। सुनकोशी नदीमा गाडी खसेर बेपत्ता भएको छ। शनिबार साँझ पौने ६ बजेतिर सिन्धुली, गोलान्जोर गाउँपालिका १ मध्य पहाडी लोकमार्गस्थित कुडेलेमा पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको नम्बर नखुलेको डबल क्याप  गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको सशस्त्र प्रहरी बलका डिएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।


दुर्घटना भएको खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेश खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा गोताखोरसहित १० जनाको टोली खटिएको उनले बताए।



प्रहरीका अनुसार उक्त गाडीमा ४ जना सवारमध्ये १ जना रोडमा हामफाल्दा सामान्य घाइते भएका छन्। बेपत्ता हुनेमा गाडी चालक अविन बाके, गाडीमा सवार प्रणीत स्यावो र बलराम भतुवा रहेका छन् । सुनकोसीमा खसेलगत्तै १ जना भने पौडेर बाहिर निस्किएका छन् । नदीबाट सुशान्त कक्षपति पौडिएर बाहिर निस्किएको सिन्धुलीका निमित्त प्रमुख जिल्ला अधिकारी कृण्णमणि फुयालले जानकारी दिएका छन् । अहिले गोताखोरले खोजी सुरू गरेको प्रहरीले जनाएको छ।