न्यूज डेस्क | भदौ ९, २०८१ आइतबार

नारायणगढ-मुग्लिन सडकखण्डको घुमाउनेमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सु प्र प्र ०२ ००१ ख १३३२ नम्बरको बस दुर्घटनामा परेको हो ।


बस अनियन्त्रित भएर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिएका छन् ।



अहिले उद्धार भइरहेको छ । घाइते १०-१२ जनालाई उपचारका लागि भरतपुर पठाइएको उनले बताए । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।