न्यूज डेस्क | भदौ १०, २०८१ सोमबार

पूर्व पश्चिम महेन्द्र राजमार्गको स्थित रौतहटको धन्सार पुल नजिक भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। 


पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको तिब्र गतिको टाटा सुमो र विपरीत दिशा तर्फबाट आएको मोटरसाईकल एक आपसमा जुध्दा मोटरसाईकलमा सबार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।



बाराको निजगढबाट चन्द्रनिगाहपुर तर्फ आउदै गरेको बाग्मती प्रदेश ०३–००१ ज ५३१ नम्बरको यात्रुबाहक सुमोले प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाईकललाई गुजराको धन्सार पुल नजिक ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको हो।



मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१५ निबासी ३३ बर्षिय तुलसी ओझा र मोरङ्ग जिल्ला सुन्दरहरैचा नगरपालिका–११ निबासी बिबस सापकोटा रहेका ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

घटना पश्चात उक्त टाटा सुमोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक राजकुमार राईले बताए  ।  मृतकको शब पोष्टमार्टम पछि परिबारजनलाई बुझाईने प्रहरीले स्रोतले  प्राइम खबरलाई बताएको छ।